ताप्लेजुङ,असोज ७ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं ३ खाम्लुङको दोभान बजारका अग्नि पीडित विनता किराना पसलको परिवारले इन्स्योरेन्स बापतको दाबी भुक्तानी रकम प्राप्त गरेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनी लि बाट प्रदान गरिएको उक्त रकम लक्ष्मी बैंकमार्फत ५८ लाख बढी रकम बीमा बापतको रकम प्राप्त गरेका छ । दोभान बजारका अग्नि पीडित बिनिता किराना पसलका प्रोपाइटर लोकेन्द्रबहादुर अधिकारीले बीमा बापत ५८ लाख ९० हजार ५ सय ४० रुपैंया प्राप्त गर्नु भएको छ । लक्ष्मी बैंकबाट कर्जा कारोवार भएको २ महिना नबित्दै आगोले सबै सामान जलेर नष्ट भएपछि लक्ष्मी बैंकले बीमा रकम प्रदान गरेको लक्ष्मी बैंक फुङ्लिङ शाखाका प्रवन्धक युवराज कोइरालाले जानकारी दिनुभयो ।३५ बर्स यता संचालनमा आएको उक्त किराना पसले ९१,५०,००० को बिमा गरेको थियो । कार्यक्रममा इलाम प्रतिनिधि प्रदिप दाहाल,फिदिम शाखाका शाखा प्रमुख दुर्गा पोखरेल सहित लक्ष्मी बैंक फुङ्लिङ शाखाका शाखा प्रबन्धकको उपस्तिथिमा कार्यक्रम समापन भएको थियो । गत फागुन १८ गते भएको आगलागिमा परी अधिकारी सहितका ५० घर जलेर नष्ट भएका थिए ।
दोभानका अग्नि पीडित विनता किराना पसलले ६ महिना पछि पायो बिमा बापतको रकम
२०७८ आश्विन ७, बिहीबार ०८:२२
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer