प्रदेश २ का डिआईजीको नाममा पैसा उठाउने सर्लाहीकी एक महिला पक्राउ

२०७८ आश्विन ७, बिहीबार १६:२७

धनुषा,असोज ७ गते । प्रदेश २ का प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) उमेश रञ्जीतकारको नाममा पैसा पैसा उठाउने एक महिला पक्राउ परेकी छन् ।
डिआइजीको नाममा पैसा मागेको अडियो संचारमाध्यममा सार्वजनिक भएपछि सर्लाहीकी शुशीला थापा पक्राउ परेकी हुन् ।
उनलाई रौतहट प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडामा राखेर अनुसन्धन गरिरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
पक्राउ परेकी थापाले डीआईजी रञ्जीतकारको नाममा प्रहरी स्कुल गरुडामा शिक्षक पदमा स्थायी गराईदिने भन्दै पैसाको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो ।



ताजा खबर