सिरहा,असोज ७ गते । सिरहामा एक ३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा उजुरी परेको छ । औरही गाउँपालिका–१ का ४० वर्षीय अजय यादवले बलात्कार प्रयास गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पीडित महिलाका अनुसार आरोपितले भदौ ३१ गते बलात्कार प्रयास गरेको र गाउँमा नै घटना मिलाउने प्रयास गर्दा समयमा उजुरी दिन ढिला भए पनि असोज ४ गते कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको बताइन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज ४ गते गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुवास खतिवडाले घटनाको अनुसन्धान गरी उजुरी दर्ता गरेको र आरोपित फरार रहेकाले खोजतलास भइरहेको बताए ।
सिरहामा बलात्कार प्रयास घटनाको उजुरी दर्ता
२०७८ आश्विन ७, बिहीबार १६:३५
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer