पर्सा,असोज ७ गते । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अहिले चर्चा चुलिमा छ । महाधिवेशन अन्र्तगत यतिबेला वडा देखि जिल्लाहरुको अधिवेशनले मुलुक गर्माएको छ । युवाहरुलाई अवसर नदिने पार्टीको रुपमा परिचीत नेपाली कांग्रेसको परिचय दैलेख जिल्लामा १९ वर्षीय किशोरी वडा सभापति बनेपछि फेरिएको छ । दैलेखकै अनुकरण गरेर अहिले अन्य स्थानमा पनि युवाहरुको उम्मेदवारी घोषणा गरिएको खबर सुन्न र पढ्न पाइन्छ ।
नेपाली कांग्रेस पर्साको वीरगञ्ज महानगरपालिका सभापतिमा ७ जनाले उम्मेदवारी घोषणा गरेका छन् । महानगर सभापतिमा ७ जनाको उम्मेदवारी पर्नुले सबैको ध्यान केन्द्रितभएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले पनि महानगर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । उनीसँगै वडा अध्यक्ष गजेन्द्र पटेल, मनोहर साह, विजय सिँह, कालु सिँह, मडिण्द्रलाल नेपाली र जितेन्द्र पुरुष ढकालले महानगर सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखाको अध्यक्षहुँदै प्रदेश नम्बर २ को अध्यक्ष समेत भइसकेका दिपेन्द्र चौहानको सम्भावना बलियो देखिएको आकलन बजारमा हुने गरेको छ ।
त्यसैगरी कांग्रेसको पर्सा जिल्ला सभापतिमा भने हालसम्म वर्तमान सभापतिसहित ३ जना आकाङ्क्षी छन् । वर्तमान सभापति अजय द्विवेदी, पुर्व सभापति जनार्दन सिँह क्षेत्री र बरिष्ठ नेता रामनारायण प्रसाद कुर्मीले जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरेका छन् ।
पूर्व सभापति भइसकेका क्षेत्रीले समेत पुनः सभापतिमा उम्मेदवारी दिनुलाई सबैले अर्थपूर्ण रुपमा हेरेका छन् । पूर्व सभापति र वर्तमान सभापतिबिचको प्रतिस्पर्धालाई सबैले उत्सुक्ताका साथ लिएका छन् । यद्यपी सभापति नबनेकालाई अवसर दिउँभन्ने सोचको विकास भयो भने रामनारायण प्रसाद कुर्मीले पनि बाजीमार्ने सम्भावना पनि उत्तिकै रहेको बताइन्छ ।
जिल्लामा आफुखुशी उम्मेदवारी घोषणा भएपनि अहिलेसम्म केन्द्रको सर्कुलर र परिपत्र नआएको हुँदा अधिवेशनको मिती तय नभएको पार्टीका पर्सा सभापति द्विवेदीले बताए । अहिले जिल्लामा पार्टीभित्र कुनै पनि विवाद नभएको र तयारी भइरहेको उनको भनाई छ । केन्द्रबाट परिपत्र आउने बित्तिकै अधिवेशन हुने द्विवेदीले बताए ।
नेपाली कांग्रेसको पर्सा सभापतिमा ३ र महानगर सभापतिमा ७ जनाको उम्मेदवारी घोषणा
२०७८ आश्विन ७, बिहीबार १६:४२संबन्धित खबर
© 2024 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer