तस्करीको बढावा दिने र पत्रकारलाइ अपशब्द प्रयोग गर्ने प्रहरी सहायक निरीक्षक माथी भएन कारवाही, एसपी पाण्डे नै ढाकछोप गर्दै

२०७८ आश्विन ७, बिहीबार १६:४४

रंजित चौरसिया

पर्सा,असोज ७ गते । पर्सा जिल्लाको बिभिन्न नाका हुदै तस्करी कार्य मौलाएपनि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पाण्डे मौन रहेका छन । सीमा नाकाहरुबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा बढ्दै गइरहेको तस्करीलाई द्वय प्रहरी प्रमुखले न्यूनिकरण गर्नको साटो झन बढावा दिएको कारण तस्करी कार्य मौलाएको हो ।
बिगत केही दिनदेखी बढ्दै गएको तस्करीको बिषयमा बिभिन्न संचार माध्यमले समाचार उजागर गर्दै आएपनि प्रहरी प्रमुखको मौनताले आर्थिक रकमको चलखेल रहेको बारे प्रष्टयाउछ । पर्सा जिल्लाको अमरपटी नाका हुदै तस्करी भइरहेको समाचार यस अनलाइन संगै बिभिन्न संचार माध्यमले उजागर गरेको थियो । तर जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले तस्करी बारे कुनै प्रमाण नरहेको कारण कारवाही गरिन नसक्ने बताएका थिए । यस अनलाइनले तस्करी बारे समाचार उजागर गरेकै भोलि पल्ट प्रहरी चौकी अमरपटीका प्रमुख प्रहरी सहायक निरीक्षक बृजकिसोर सिंहले आफ्नो फेसबुकको स्टेटसमा बिना प्रमाण पत्रकारले घुस रकम मांगेको र पत्रकारको बिषयमा अपशब्द प्रयोग गर्दै स्टेटस हालेका थिए ।
समाचार उजागर हुदा बहुलाएर यस्ता स्टेटस हालेका प्रहरी सहायक निरीक्षक सिंह माथि प्रहरी उपरीक्षक पाण्डेले कारवाही गर्नुको साटो केही लोभी मानसिक्ता बोकेको व्यक्तिहरुका कारण कारवाही गर्न नसकेको श्रोतको दावी रहेको छ । तर त्यसको भोलिपल्ट मंगलवार राति सशस्त्र प्रहरी बल नेपाल ४० नम्बर गणबाट खटिएको प्रहरी टोलीले अमरपटी नाकाबाट करिब १६ लाख बराबरको लताकपडा पक्राउ गर्न सफल हुदा तस्करी बारे छर्लङ भएको थियो । सशस्त्र प्रहरीको टोलीले ४ वटा टेम्पु सहित कपडा बरामद गरी अवाश्यक कारवाहीको लागी भन्सार बुझाएको छ ।
यता कुनै प्रमाण नरहेको कारण कारवाही गर्न नसकिने बताएका प्रहरी उपरीक्षक पाण्डेले तस्करी बारे प्रमाणित हुदा हुदै प्रहरी चौकी अमरपटीका प्रमुख प्रहरी सहायक निरीक्षक बृजकिसोर सिंह माथि कुनै किसिमको कारवाही गर्न चाहेन्न । तर ४० नम्बर गणबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपाल भित्रिदै गरेको अवस्थामा टेम्पु सहित कपडा बरामद गर्नसाथ सशस्त्र प्रहरीका डिआईजी चन्द्र प्रकाश गौतमको आदेशले बोर्डर आउट पोष्ट इटियाही र बोर्डर आउट पोष्ट अलौको कमाण्डरलाई कारवाही स्वरुप तानेका छन ।



ताजा खबर