पर्सा,असोज ८ गते । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बंजारी को टोलीले पर्साको छिपहरमाई गाउँपालिका वडा नं ३ बुढगाई सीमा नाका क्षेत्र बाट लागू औषध गाँजा बरामद भएको छ।
गस्ती मा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बंजारी को सशस्त्र प्रहरी निरिक्षक कृष्ण बहादुर पौडेल को नेतृत्वमा रहेको गस्ती टोली ले करिब १.३० बजे लागू औषध गाँजा बरामद गरेको हो ।बरामद गरिएको गाँजा १० किलो ६सय ४० ग्राम रहेक प्रहरी ले जनाएका छन।तस्कर हरु ले नेपाल बाट टाउको मा बोक भारत तरफ लगिरहेको अवस्थामा सशस्त्र प्रहरी गस्ती को टोली हेरेर गाँजा को पोका फालेर भारतिय क्षेत्र मा तस्कर हरु भागेका छन। सशस्त्र प्रहरी बल वि ओ पी भिस्वा बंजारी ले बरामद गरिएको गाँजा ईलाका प्रहरी कार्यालय पोखरिया मा बुझाएको सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडका ले जानकारी दिनु भएको हो
सशस्त्र प्रहरी भिस्वाद्वारा लागू औषध गाँजा बरामद
२०७८ आश्विन ८, शुक्रबार ०५:१८
संबन्धित खबर
© 2023 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer