‘दनुवार समुदायको संस्कृतिमा आधारित “हरिबोधनी एकादशी“ गीतको भिडियो सार्वजनिक

२०७८ आश्विन ८, शुक्रबार ०५:२९

काठमाण्डौं,असोज ८ गते । दनुवार समुदायले विशेष पर्व रुपमा मनाउदै आएको हरिबोधनी एकादशीलाई लक्षित गरी हरिबोधनी एकादशी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दनुवार समुदायको कला, संस्कृतिहरु लोप हुने अवस्थामा रहेकाले कला संस्कृतिको जगेर्ना तथा उत्थान गर्ने उद्देश्यले उक्त गीतको म्युजिक भिडीयो बजारमा ल्याएको निर्देशक दिपक रमणले बताएका छन् ।
दनुवार संस्कृति कला पहिचानको आफ्नै भाषा, आफ्नै शैली जोगाइ राख्न हाम्रो अभियान अन्तर्गत आफूले गीतको रचना गरेको रचनाकार बासुदेव दनुवारले बताए ।
सोमबार सार्वजनिक गरिएको उक्त गीतमा सुर्य कमल राई र दिलु श्रेष्ठको स्वर तथा राईकै संगीत रहेको छ । संस्कृति हराए अस्तित्व हराउँछ, अस्तित्व हराए भेष भूषण, भाषा आदि लोप हुन्छ । आफ्नो कला संस्कृति रही रहोस् भनेर दनुवार जागरण समाज, राई दनुवार कलाकार तथा सांकृतिक समाज कमला खोज कछारे दनुवार समाज सक्रिय रुपमा लागेका छन् ।



ताजा खबर