सप्तरीमा पोखरिमा डुबेर एक नावालकको मृत्युु शुभ नारायण यादव

२०७८ आश्विन ८, शुक्रबार ०६:१५

सप्तरी,असोज ०८ गते । सप्तरीको बिष्णुपुर गाउँपालिका वडा न.५ मा आज बिहान एक नाबालकको पोखरिमा डुबेर मृत्युु भएको छ ।
स्थानीय मो. आजादका ३ बर्षिय छोरा रहमत अलिको घर नजिकैको पोखरिमा डुबेर मृत्युु भएको हो । घरको पुर्व रहेको पोखरीमा खेल्दा खेल्दे अचानक लडेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पोखरिमा डुबेर सख्त घाइते सो नाबालकको उपचारको लागि राजविराज स्थित छिन्नमस्ता अस्पताल ल्याउदे गर्दा बिच बाटोमा ने मृत्यु भएको प्रहरीले जनाएको छ । यता मृतक नावालको शव हाल पोष्टमाटमसका लागि राजविराज स्थित छिन्नमस्ताअस्पतालमा राखिएको तथा घटनाको थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।



ताजा खबर