सन्तोष गुप्ता
सुनसरी,असोज ८ गते । सुनसरीको वराहक्षेत्र नगरपालिकाको चतरामा असोज १० गते वाट प्रथम चतरा नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा मोरङ्ग,उदयपुर र सुनसरीका ८ टिम सहभागि हुने, चतरा फुटबल क्लबले विहिवार पत्रकार सम्मेलन गरि जनाएको छ ।
फुटबलमा आयोजक चतरा फुटबल क्लब,ग्रीन कल्चर,पञ्चकन्या फुटबल क्लब,जे.वाई.सी सुन्दर हरैंचा,हाटखोला,राजावास,इटहरी र एभरेष्ट फुटबलल क्लब भिडन्त गर्दैछन् । विजेतालाई नगद धनराशि ४५ हजार र उपविजेतालाई नगद २० हजार र ट्रफि प्रदान गरिने आयोजक क्लबका अध्यक्ष राजकुमार राईले बताए ।
प्रतियोगिताको व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ट सर्वाधिक गोलकर्ता,गोलकीपर र रक्षापंक्तिका खेलाडीलाई पुरस्कार दिईने छ । १ लाख ९३ हजार रुपैंया बजेट रहेको प्रतियोगितालाई वैदेशिक रोजगराीमा रहेका युवा तथा स्थानिय संघसंस्थाले सहयोग गरेका छन् ।
समाजमा बढुदै गएको लागु औषध दुव्र्यसन लाई घटाउन खेल महत्पूर्ण हुने भएकोले चतराका युवाहरुमा खेल भावनाको विकास गरि उनीहरुलाई रचानात्मक बनाउ“ने र आधुनिक खेल मैदानको निर्माण प्रतियोगिताको उद्देश्यकोरहेको सल्लाहकार रोशन श्रेष्टले बताए । स्थानिय वार्ड नं १ चतरा खेलमैदानमा हुने फुटबलको असोज १७ गते समापन हुने सचिव दिनेश राईले बताए ।