सर्लाहीका बालबालिकालाई एक कार्यक्रम बिच छात्रवृत्ति वितरण

२०७८ आश्विन ८, शुक्रबार ०८:३९

राजिव शाह
सर्लाही,असोज ८ गते ।
सर्लाहीका बालबालिकालाई एक कार्यक्रम बिच छात्रवृत्ति वितरण गरिएको छ ।ब
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही र सेभ द चिल्ड्रेन को सन्युक्त साझेदारीमा संचालित नेपाल छात्रवृत्ति कार्यक्रम(NCSEP) अन्तर्गत छ्नौटमा परेका कबिलासी ,हरिपुर्वा ,मलङ्वा,गोडेता न पा र ब्रहम्पुरी , चन्द्रनगर गाउँपालिकाका एक सय जना दलित बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको छ । कार्यक्रम कबिलासी कलस्तरमा जनता अधारभुत विद्यालयमा आयोजनामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष राजेश पासवान ,वडा सदस्य मिठु पासवान , प्रधानाध्यापक भाग्यनरायन मिश्र,संस्था का सदस्य सोगार्थ पासवान,प्रमोद पासवान लगायतको उपस्तिथि रहेको थियो । एक त्रैमासिकमा नगद २ लाख १५ हजार १०० छात्रवृत्ति प्रत्येक तीन महिनामा वितरण गर्दै आएको कार्यक्रम अधिकृत गोबिन्द पास्वानले जानकारी दिए ।



ताजा खबर