सिरहा, ९ असोज । सिरहाको गोलबजारमा बेवारिसे पुरुषको शव फेला परेको छ । सिरहाको गोलबजार नपा ८ भाईजीटोलमा अन्दाजी ६५ वर्षिय पुरुषको शव फेला परेको हो ।
केही दिन अघिमात्र गाउँघरमा मागेर खाने र जता तलै सुतेरहिड्ने ती पुरुष आज विहान गाउँको बाटोमा मृत भेटिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तेष राईले बताए ।
उनको शव पोस्टमार्टमको लागि लाहनस्थित रामकुमार उमाप्रसाद स्पमारक अस्पताल लगिएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सिरहाको गोलबजारमा परिचय नखुलेको बेवारिसे पुरुषको शव फेला
२०७८ आश्विन ८, शुक्रबार ११:२३
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer