राजिव शाह
सर्लाही,असोज ८ गते । सर्लाहीको हरिपुर्वा संग्रामपुर सडक खण्डमा चेकजाँचको क्रममा अबैध चादीको गरगहना सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार साझ डियुटिमा खटिएका प्रहरी टोलीले शंकास्पद चेकजाँचको क्रममा द्यच्घण्व् ठज्ञटछ नम्बरको डिस्कोभर मोटरसाइकलमा संग्रामपुरबाट हरिपुर्वा तर्फ आउदै गरेको मोटरसाइकल चालक हरिपुर्वा नगरपालिका,५ बर्ष २७ का रोशन प्रसाद अधिकारी र सोही ठाउँका बर्ष २७ का कौशल यादवलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बरामद गरिएको चादीको मूल्य १ लाख १ सय १५ रुपैयाको रहेको सूचना अधिकृत एवं प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
बरामद गरिएको गर–गहना मोटरसाइकल मलंगवा स्थित जिल्ला भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक गिरीले बताउनुभयो ।
सर्लाहीमा चांदीको गरगहना सहित सहित २ जनालाई प्रहरीले पक्राउ
२०७८ आश्विन ८, शुक्रबार १२:०३
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer