सर्लाहीमा क्याम्पस संचालन र शुल्क छुटको माग गर्दै अनेरास्ववियुको क्याम्पस प्रशासनलाई ध्यानाकर्षण

२०७८ आश्विन ९, शनिबार ०३:३८

राजिव शाह
सर्लाही,असोज ९ गते ।
सर्लाही सदरमुकाम मलंगवा स्थित रहेको सर्लाही क्याम्पस संचालन गर्न र शुल्क छुटको माग गर्दै बिद्यार्थी संगठनले क्याम्पस प्रशासन विरुद्धमा प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गराएको छ ।
कोरोना महामारीको कारण नेपाल सरकार को निर्देशन अनुसार विभिन्न संघसंस्था बन्द गरिएको थियो तर बिस्तारै बिस्तारै कोरोना महामारी नियन्त्रणमा भएको कारण अब विभिन्न सरकारी कार्यालयको पठन पाठन सञ्चालन गरिएको छ,

तर मलंगवा स्थित सर्लाही क्याम्पसले खोल्न केही चासो नदेखिएको भन्दै अनेरास्ववियु सर्लाही क्याम्पस कमिटिको क्याम्पस सञ्चालन गराउनका साथै कोरोना अवधिको शुल्क छुट गरी ७ दिन भित्रमा सर्लाही क्याम्पस पूर्ण रूपमा खोली पठन पाठन सुरु गर्न माग गरिएको बिद्यार्थी नेता अमित कुमार चौधरीले बताए । अनेरास्ववियु सर्लाही क्याम्पस कमिटिका अध्यक्ष धर्मेन्द्र राय नेतृत्वमा शुक्रबार बिद्यार्थी संगठनले क्याम्पस प्रशासन विरुद्धमा प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गराएको हो । क्याम्पस संचालन गराउन र शुल्क छुट नगरे कडा आन्दोलन गर्न बाध्य हुने जानकारी क्याम्पस कमिटीका अध्यक्ष रायले जानकारी दिए ।



ताजा खबर