शुभ नारायण यादव
सप्तरी,असोज ९ गते । अखिल नेपाल महिला सध (क्रान्तिकारी)को नगर भेला शनिबार राजविराज नगरपालिकाको नगर संयोजक प्रमिला देवी यादवको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्य अशोक कुमार मण्डल(अमर)को प्रमुख आतिथ्यमा एक कार्यक्रम विच यहा सम्पन्न भएको छ । प्रदेश २ का सदस्यद्घय महेश प्रसाद यादव,छेदी रजक,जिसस तथा राजविराज नपाका अध्यक्ष राम गमन साह, उपाध्यक्ष तथा वाईसीएल सप्तरीका अध्यक्ष भुपेन्द्र यादव,जिसस सुनिता साह, प्रेशसंगठन कार्यालय सदस्य देवराम यादव ,पत्रकार मञ्जु यादव, अखिल नेपाल महिला सध (क्रान्तिकारी)का जिल्ला संयोजक तथा ईन्चार्य कविता ठाकुर,अखिल(क्रान्तिकारी) केन्द्रिय सदस्य,सप्तरी जिल्ला इन्चार्ज जयप्रकाश यादव, वाईसीएल सप्तरीका इन्चार्ज मकसुदन यादव,अनिता मुखिया, लगायतले नगर भेला तथा जितिया पर्वको समेत शुभ कामना दिएका थिए । सो भेलावाट प्रमिला देवी यादवको अध्यक्षता ५१ सदस्यीय नगर कमिटी चयन भएको छ । सो कमिटीमा उपाध्यक्षमा सरस्वती साह,आशा यादव,सरिता भगत यादव,वसिरन खातुन,सुनिता झा,सचिवमा मिरा राणा,सहसचिवमा रञ्जु यादव,सरस्वती यादव,कोषाध्यक्षमा प्रतिमा यादव रहेका छन । त्यसै गरी सदस्यमा रामदुलारी महतो,सुधिरा साह,सर्मिला मण्डल,किरण यादव,रेणु राम,सरस्वती खंग,मञ्जु रजक,हिरादवी चौधरी,अजिता महतो,आशा खंग लगायत रहेका छन ।
इसै विच अखिल नेपाल महिला सध (क्रान्तिकारी)को विष्णुपुर गाउँपालिकाको ६ नम्बर वडा भेला शनिबार गोरगमामा दिपा कुमारी रायको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्य अशोक कुमार मण्डल(अमर)को प्रमुख आतिथ्यमा एक कार्यक्रम विच यहा सम्पन्न भएको छ । सो भेलावाट ललिता देवीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी चयन भएको छ । सो कमिटीमा पुनम देवी मण्डल उपाध्यक्ष,सजु देवी राय सचिव, अनिता देवी राय कोषाध्यक्ष रहेका छन ।त्यसै गरी अमल देवी राय,गिता देवी राय,सुनिता देवी राय,निलम देवी राय,आशा देवी राय,मधु देवी राय, रिता देवी राय लगायत सदस्य रहेका छन । सो अवसरमा प्रेशसंगठन कार्यालय सदस्य देवराम यादव,अखिल नेपाल महिला सध (क्रान्तिकारी)का जिल्ला संयोजक तथा ईन्चार्य कविता ठाकुर, लगायतले वडा भेलाको शुभ कामना दिएका थिए ।
अखिल महिला संध (क्रान्तिकारी)को नगर तथा वडा भेला सम्पन्न
२०७८ आश्विन ९, शनिबार १७:१३संबन्धित खबर
© 2024 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer