हिरासतबाट भागेका थुनुवा पक्राउ

२०७८ आश्विन ९, शनिबार १७:३७

सिरहा,असोज ९ गते । इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट भागेका नवराजपुर गापा १ का ३४ वर्षिय राम प्रकाश भन्ने पशुपती यादव आज पक्राउ परेको छ । गत असार २६ गते राती हिरातबाट ग्रिल तोडेर भागेका यादवलाई सिरहाकै सखुवानन्कारकट्टी गापा १ मौवाहीको लच्कापुलबाट पक्राउ गरेको हो ।
लागूऔसध मुद्दामा गत जेठ २० गते पक्राउ यादव पक्राउ परेका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।



ताजा खबर