बलेँसी साहित्य समाजको सम्मान कार्यक्रम सम्पन्न

२०७८ आश्विन ९, शनिबार १७:३९

अरबिन्द सिंह
जनकपुरधाम,असोज ९ गते ।
“भाषा, कला, साहित्य र संस्कृति, शिक्षा, पर्यटन र पर्यावरणको उत्थान, विकास, प्रवर्धन र संरक्षण; आपसी विश्वास, सद्भा्व र भावनात्मक एकता सहित राष्ट्रिय एकताको माध्यमबाट नवजागरण युगको स्थापना” भन्ने मूल नाराका साथ बलेँसी साहित्य समाजले सम्मान कार्यक्रम आयोजना गरेको छ । आज शनिवार मिथिलाको राजधानी जनकपुरधामको माडवारी सेवा समितिमा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश प्रमुख हरि शंकर मिश्र रहेका थिए भने कार्यक्रमका विशिष्ट अतिथि आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साह रहेका थिए । उक्त कार्यक्रममा उपस्थित पत्रकार, समाजसेवी, अगुवा नेता तथा कार्यकर्ताहरुलाई प्रदेश प्रमुखद्वारा प्रमाणपत्र तथा गम्छा ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बलेँसी साहित्य समाजको प्रदेश संयोजक प्रमोद कुमार यादवले स्वागत मन्तव्य राखेका थिए । नेपालको प्रदेश नं. दुईका सबै जिल्लाका जिल्ला कार्य समितिका सदस्यहरू र प्रदेश कार्य समितिका सदस्यहरू, वरिष्ठ साहित्यकार एवं सामाजिक अगुवाहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम बलेँसी साहित्य समाज नेपालका संरक्षक केशव पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।



ताजा खबर