जनकपुरधाम,असोज ९ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ स्थित समाज युवा क्लबको आयोजनामा निःशुल्क दन्त र आँखा शिविर आयोजना गरिएको छ। उक्त शिविर मार्फत १२५ जनाले निःशुल्क आँखाको उपचार पाएका छन् ।
आयोजित आँखा शिविरमा जनकपुर नेत्रालय आँखा अस्पतालका संचालक एवं चिकित्सक समेत रहेका रवि शंकर चौधरी र सन्तोष साहले निःशुल्क उपचार गरिएको थियो । आँखाका विरामीलाई उक्त अस्पतालबाट निःशुल्क औषधि उपलब्ध गराइएको थियो ।
दन्त शिविरमा दन्त चिकित्सक मिशा महासेठले उपचार गरेकी थिइन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ तपसी चौक स्थित तराई डेन्टल क्लिनिकका संचालक समेत रहेकी महासेठले १५० जनालाई आज दन्तका विरामीलाई उपचार सेवा दिएकी हुन् । उपचार गराएका विरामीहरुलाई क्लिनिकले निः शुल्क औषधि उपलब्ध गराएको थियो ।