निर्वाचनपछि एमाले खोज्न दशगजा पारी जानुपर्ने हुन सक्छ ः तामाङ

२०७८ आश्विन ९, शनिबार १८:१०

पोखरा,असोज ९ गते । अखिल (क्रान्तिकारी)का अध्यक्ष रन्जित तामाङले आगामी निर्वाचनले एमाले खोज्न सिमापारी जानुपर्ने बताएका छन् ।

बिहिबार कास्कीको लामाचौरमा आयोजित अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको सम्मेलनलाई सम्बोधन गर्दै तामाङले यस्तो जिकिर गरेका हुन् ।

केपी ओलिको पटक–पटकको प्रतिगमनकारी कदमपछि जनताहरु एमालेलाई पाठ सिकाउन निर्वचन कुरेर बसेको तामङले बताए ।

ओली कदमलाई साथ दिने एमाले नेता कार्यकर्ताले आफ्नै खुट्टामा बन्चरो चलाएको भन्दै तामाङले अनेरास्ववियूले समेत विद्यार्थी आन्दोलनमाथी कालो पोतेको, विद्यार्थी आन्दोलनलाई मण्डलेकरण गरेको लगायतका आरोपहरु लगाए ।

‘संसद अपहरणको साक्षी र समर्थक बनेर एमाले अनेरास्ववियुले गम्भिर अपराध गरेको छ। मुलुकभरका शैक्षिक संस्थाहरुमा बिध्यार्थीहरु हिसाब गरेर बसिराखेका छन् । आउँदो स्ववियू निर्वाचनमा प्रतिगमनको मतियार बनेको अनेरास्ववियुका निम्ति अन्तिम निर्वाचन हुनेछ।’ तामाङले अगाडी भने ‘मण्डले विद्यार्थी संगठनले आउँदो स्ववियू चुनावमा उमेदवार समेत नपाउने स्थिती बन्नेछ ।’

आउँदो निर्वाचनमा गाउँ–गाँउका जनता एमालेलाई धुलो चटाउने दिन कुरे जस्तै लाखौं बिध्यार्थीहरु अनेरास्ववियुको बिदाईको निम्ती स्ववियू चुनावको मिति कुरेर बसेको उनको दाबी थियो ।

कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिती सदस्यद्वय हितमान शाक्य र हरि अधिकारी तथा गण्डकी प्रदेश साँसद दिपक अधिकारी ,नेता शैलेन्द्र घिमिरेसहित अखिल (क्रान्तिकारी) उपाध्यक्ष बिजय गौतम, उपमहासचिब जीपी मैनाली केद्रिय सचिव प्रबिना अधिकारी लगायतले सम्बोधन गरेको गण्डकी केन्द्रिय सचिव तथा प्रदेश संयोजक क्षितिज सापकोटाले जानकारी दिए ।



ताजा खबर

error: Content is protected !!