देवानगञ्ज गाउँपालिका सभापतिमा जगधर यादव बिजय

२०७८ आश्विन १०, आईतवार ०३:२७

जुगेश दास
सुनसरी,असोज १० गते ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन तालिका अनुसार भएको गाउँपालिका अधिवेशनबाट देवानगञ्ज गाउँपालिकन सभापतिको पदमा जगधर यादव निर्वाचित भएका छन। जगधर यादवले कुल ११३ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्दि सुरेन्द्र यादवले जम्मा ६० मत प्राप्त गरेका हुन।

त्यसैगरि उपसभापति पदमा गंगाप्रसाद यादव तथा रामचरण मेहताले निर्वाचित भएको हो। गंगाप्रसाद यादवले ११९ मत तथा रामचरण मेहताले कुल ११२ मत प्राप्त गरेका हुन। यादव तथा मेहताका प्रतिद्वन्दि वासुदेव मेहता ४५, सिताराम शाह ४३ मत प्राप्त गरेको हो। आजै भएको निर्वाचनबाट सचिब पदमा किसुनदेव मेहता तथा सुर्यनरायण पाल निर्वाचित भएका हुन। किसुनदेव मेहताले ११४ मत प्राप्त गरका छन भने सुर्यनरायण यादवले १११ मत प्राप्त गरि निर्वाचित भएका हुन।

त्यसैगरी सह–सचिवमा बिमल कुमार यादव तथा बिरेन्द्र सुतिहारले निर्वाचित भएको हो । बिमल कुमार यादवले १०३ तथा बिरेन्द्र सुतिहारले कुल ११३ मत प्राप्त गरेका हुन । यादव र सुतिहारको प्रतिद्वन्दी गंगा कमलेश्वरी यादबले ४५ र बिमल कुमार यादवले कुल ५४ मत प्राप्त गरेको हो ।



ताजा खबर