सुनसरीको भोक्राहा नरसिंहमा जितिया पर्वका अवसरमा शुभकामना आदान प्रदान

२०७८ आश्विन १०, आईतवार १४:२३

जुगेश दास
सुनसरी,असोज १० गते ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा जितिया पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । तराई मधेस क्षेत्रको निक्कै कठोर ब्रतको रुपमा रहेको जितिया पर्वको उपलक्ष्यमा भोक्राहा नरसिंह गाउँपालिकामा भब्यताको साथ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
शुभकामना आदानप्रदान कार्यक्रम भोक्राहा नरसिंह गाउँपालिकाको आयोजना तथा संविधान सभा सदस्य एंव जनता समाजवादी पार्टी नेपाल प्रदेश नं.१ का उपाध्यक्ष सविता कुमारी यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हो । सो कार्यक्रमको अध्यक्षता भोक्राहा नरसिंह गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनमकुमारी मेहता र बिशिस्ट अतिथिमा सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरीत्र मेहताको गरेको थियो ।


यता गाउँपालिकाको सभाहलमा महिलाहरुले व्यापक सहभागीताको बीचमा भएको कार्यक्रममा महिलाहरुले जितिया पर्वको महत्व माथि प्रकाश पर्दै प्रमुख अतिथि यादवले भने यो पर्व सत्य, निष्ठा तथा पवित्रताको पर्वको रुपमा रहेको बताइन ।खास गरेर निक्कै कठोर रुपमा गरिने यो ब्रत आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थयको कामना सहित गर्ने चलन रहेको छ ।कार्यक्रममा बोल्दै कार्यक्रमका गाउँपालिकाकी अध्यक्ष एंव कार्यक्रमका अध्यक्ष पुनम कुमारीले जितिया पर्व निक्कै कठोर पर्वको रुपमा रहेको बताउदै यस पर्वमा भोक्राहा नरसिंह गाउँपालिकाका महिलाहरुलाई सरकारले सार्वजनिक विदा दिनु पर्ने धारणा राखेकी थिइन् ।

त्यस्तै कार्यक्रमको बिशिस्ट अतिथि एंव भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले जितिया पर्वको महत्व परापूर्व कालदेखि नै भएपनि यसको प्रचार प्रसार कमै मात्रामा हुने गरेको बताए । उनले कार्यक्रममा बोल्दै भने अहिले आएर प्रचार प्रसार बढेको बताउदै पर्व गर्ने सवै महिलाहरुलाई शुभकामना समेत दिए ।
सो अवसरमा महिलाहरुले विभिन्न प्रकारको गीत संगित, नृत्य प्रस्तुत गर्नुका साथै विभिन्न प्रकारको गिती नाटक मञ्चन गरेका थिए ।



ताजा खबर