कल्याणपुर नगरपालिकाद्धारा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई निःशुल्क साइकल वितरण

२०७८ आश्विन १०, आईतवार १७:३०

रामनारायण ठाकुर
सिरहा,असोज १० गते ।
कल्याणपुर नगरपालिकाद्धारा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई निःशुल्क साइकल वितरण गरिएको छ ।

कल्याणपूर नगरपालिका वडा नं.११ मा कक्षा ११ र १२ मा अध्ययनरत १ सय ७ विद्यार्थीहरुलाई साइकल बितरण गरेका छन् ।
कल्याण्पुर नगरपालिका वडा नं.११ स्थित रामदुलारी माध्यमिक विद्यालयको प्रागंणमा आयोजित कार्यक्रममा साइकल बितरण गर्दै कल्याणपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रोहिणी कुमारी यादवले भने मधेशलाई अगाडी बडाउन महिला शिक्षामा जोड दिनुपर्ने बताए ।

उनले महिलालाई शक्तिकरण गर्नुपर्ने समेत बताए । उनले महिला शिक्षित नभएसम्म प्रदेश शिक्षित नहुने धारण राखे ।कल्याणपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख यादवले भने शिक्षा विना कुनै विकास अधुरो भएकोले शिक्षा सुधारमा आफू कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गर्दै यस्ता कार्यक्रम नगरपालिका भित्र रहेका अन्य विद्यालयहरुमा समेत गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।


उक्त कार्यक्रममा रामदुलारी माध्यमिक विद्यालयका अध्यक्ष ब्रजमोहन यादवको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा कल्याणपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रोहिणी कुमारी यादवको उपस्थिति रहेको थियो ।

बिशिष्ट अतिथिको रुपमा कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जय प्रसाद दास, अतिथिको रुपमा संजिप यादव,पताशी यादव,कृष्णदेव लगायत सम्बन्धित विद्यालयका शिक्षक, विद्यार्थी, अभिभाव, विभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, नगरवासी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।



ताजा खबर