स्यालको टोकाईबाट घाईतेको संख्या बढ्दै

२०७८ आश्विन ११, सोमबार १५:४३

जुगेश दास
सुनसरी,असोज ११ गते ।
देवानगंज गाउँपालिकाको वडा ६ राजगंज सिनुवारी बस्ने रामकिसुन मेहताको सबै गाईलाई स्यालले टोकेर घाईते बनाएका छन् भने सोही वडा बस्ने भिखो मेहतालाई पनि स्यालको टोकाईबाट गम्भीर घाइते भएका छन । देवानगंज र बर्जुमा केही दिन यता देखि स्यालको आतंकले किसानहरूमा त्रास बढेको छ ।

किसानहरू आफ्नो खेतमा काम गर्न जादा जंगली स्यालले आक्रमण गरिएकोले देवानगंजको वडा १,२,३ र ६ मा मध्यहर्षाही , कप्तानगंज र बर्जु गाउँपालिकाको चिमडी अमाही बेलहा लगायतका स्थानमा स्यालको आतंकले खेतमा काम गर्न निकै डर भएको राजगंज सिनुवारीका किसान राजेन्दर मेहताले बताए ।

देवानगंज गाउँपालिकामा मात्रै हालसम्म स्यालको आक्रमणबाट जम्मा ८ जना घाईते भईसकेको किसुनदेव मेहताले बताए ।
देवानगंज वडा १ बस्ने ५५ बर्षीय मजिया देवी मेहता आफ्नै पसलमा बसिरहेको बेला अचानक जंगली स्यालले आकर्मण गरेपछि गम्भीर घाइते भएका थिए भने सोही ठाउँ बस्ने कारी मेहता , कालिचरण मेहतापनि गम्भीर घाइते भएका थिए ।

घाईते भएकाहरुको उपचार बिराटनगरको कोशी अस्पतालमा भईरहेको स्थानीय अरूण मेहताले बताए । देवानगंज गाउँपालिकामा स्यालको टोकाईबाट घाईतेको संख्या बढ्दै गएका छन् ।



ताजा खबर