शुभ नारायण यादव
सप्तरी,असोज १२ गते । राजबिराज नगरपालिकामा आज दोस्रो दिन पनि बालबिकास शिक्षक तथा कर्मचारीहरु नगरपालिकाको कार्यालय अगाडि ३ घण्टा धर्ना बसेका छन् । सरकारले घोषणा गरेअनुसारको तलव नदिएको भन्दै उनीहरु घर्ना बसेका हुन् ।
सप्तरीको राजविराज नगरपालिका अन्तर्गतका ४२ वटै विद्यालयमा कार्यरत रहेका बालविकासका शिक्षिकहरु, कार्यालय सहयोगीसँगै प्राविधिक ग्रेडबाट छुट भएका कार्यरत तथा अवकाश प्राप्त शिक्षकहरू धर्नामा सहभागी रहेका छन् ।
सरकारले बजेट भाषणमा बालविकासका शिक्षकहरुकालागि १५ हजार मासिक तलब दिन सार्वजनिक गरे पनि हामीलाई सोही अनुरुप तलव नदिंदा धर्नामा बसेको नेपाल शिक्षक संघ राजविराजको अध्यक्ष विभा झाले बताईन । उनले ८ हजार केन्द्र सरकारले र ७ हजार स्थानीय सरकारलाई दिनुपर्ने व्यवस्था रहेको बताईन । स्थानीय सरकारले तोकिएअनुसारका मासिक तलब उपलब्ध नगराएसम्म असोज ११, १२ र १३ गते १० बजेदेखि १ बजेसम्म धर्ना कार्यक्रमलाई निरन्तरता दिने उनले बताइन् ।
स्थानीय तहले ७ हजार रुपैयाँ दिन आनाकानी गर्दै आएकोले हामीहरु धर्नामा बसेको आन्दोलन संघर्ष समितिको भनाइ छ ।
सरकारले तोकेको बमोजिम मासिक तलब नदिए तथा नगरपालिकाबाट कुनै प्रतिक्रिया नआएसम्म अर्को चरणबद्वा आन्दोलनमा उत्रिने जनाइएको छ ।
यता शिक्षकहरुले उठाएका माँग सम्बन्धमा नगरपालिकाको तर्फबाट पहल भईरहेको राजविराज नगरपालिकाको शिक्षा शाखा प्रमुख भोगेन्द्र प्रसाद यादवले जानकारी दिए ।
सप्तरीको राजबिराज नगरपालिकामा बालबिकास शिक्षकहरुद्वारा धर्ना
२०७८ आश्विन १२, मंगलवार ०८:१७
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer