जीतेन्द्र कुमार राम
धनुषा,असोज १२ गते । गत बैशाख २३ मा सडक बिस्तारको क्रममा बिबादमा परि कुटपिट पछि उपचारको क्रममा ज्यान गुमाएकी सुमिन्त्रा देवि यादवको घटनामा ज्यान मार्ने उधोगमा आरोपित बनाइएका १० जनामध्ये एक मुख्य आरोपित वडाध्यक्षलाई नै प्रहरीले शनिवार पक्राउ गरेका छन।
पक्राउ पर्नेमा धनुषाको सवैला नगरपालिका ४ का वडाध्यक्ष पथला भनिने कुशेश्वर ठाकुर रहेको इलाका प्रहरी कार्यालय सवैलाले जनाएको छ।
बैसाख १३ मा सडक बिस्तारको क्रममा सिमासाल खोजबिन गरिरह्दा बिबाद भइ दुई पक्षबिचको हानाहान पछि स्थानिय सुमिन्त्रा देवि यादबको अवस्था गम्भीर भइ उपचारको क्रममा नोबेल अस्पतालमा मृत्यु भएको थियो।
दुई पक्षिय हानाहानमा स्थानिय रामचन्द्र बिराजी,रितिक यादव,दिपक यादव र रंजित यादव समेत गम्भीर घाइते भएका थिए।निज यादवको मृत्यु पछि परिवारजनले वडाध्यक्ष सहित १० जना बिरुद्ध कर्तव्य ज्यान मार्ने उधोग मुद्दा जिप्रका मोरंगमा दर्ता गराएका थिए त्यसपछि मोरंग प्रहरीले उक्त मुद्दा इलाका प्रहरी कार्यालय सवैलालाइ जेठ १६ मा पठाएका थिए।
मुद्दा दर्ता भएपछि आरोपित बनाएका सवैजना फरार रहेपनी वडाध्यक्ष ठाकुर हिजो शनिबार जनकपुरबाट पक्राउ गरिएको हो भने अझै पनि नौ जना फरार नै रहेको इलाका प्रहरी सवैलाले जनाइएको छ।
यता पक्राउ परेका वडाध्यक्ष ठाकुर आफू झगडामा सहभागी नरहेको तथा आफै सरकारी वकिलकोमा गइ गिरफ्तारी दिइएको प्रतिक्रिया दिएका छन । वडाध्यक्ष ठाकुरलाइ सात दिने म्याद थप गरि अनुसन्धान भइरहेको इप्रका सवैलाका प्रनी राजेश सिंग्देलले बताए।