जुगेश दास
सुनसरी,असोज १२ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड न . २ मा संघर्ष युवा कल्ब तथा मेलाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
आज मंगलबार आधारभुत विद्यालयको प्राङ्गणमा जितिया मेलार र कल्बको एक साथ उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।
भोक्राहा नरसिंह गाउँपालिका वार्ड न. २ अनतर्गत समाजसेवा, धर्म सान्स्कृती र समाज लाइ एकता गरि अगाडि तर्प लैजानका लागि संघर्ष युवा कल्ब गठन गरिको हो । भने आज विधिवत रूपमा संघर्ष युवा कल्बको अफिस उद्घाटन गरिएको क्ल्बका अध्यक्ष सन्तोष मेहताले जानकारी दिएका छन
कल्बका अध्यक्ष मेहताका अनुसार युवा कल्बको विशेष सहयोग गाउँसमाजको सहयोगमा अधारभुत विद्यालयको प्राङ्गणमा रहेको बाबा जितमाहानको मेला हरेक बर्षमनाउने गरेको मेला यस बर्ष पनि लगाएको बताए ।
जितिया पर्व मनाउने महिलाहरुको लागि मेलामा २४ घन्टा भगतिया अष्टयाम समेत रहेको बताए । कार्यक्रमको प्रमुख अतिथि भोक्राहा नरसिंह गाउँपालिका कार्याबहक अध्यक्ष पुनम कुमारी मेहताको मैनबती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियोे ।
कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चरीत्र मेहता , नेपाल रेड्क्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाका युवराज दाहाल , नेकपा गाउँ कमिटीका अध्यक्ष राम कुमार मेहता, नेपाल कुशवाहा कल्याण समाज भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष मधुला मेहता , जनता समाजवादी पार्टीका प्रदेश उपाध्यक्ष सबिता यादव ,जनता समाजवादी पार्टीका महेन्द्र यादव , पशुपति आधारभूत विद्यालयका प्र अ पवन कुमार मेहता , सेन्ट रोबर्ट बोर्डिङ्ग स्कुलका उमेश कुमार मेहता, नाइ संघ प्रदेश सचिव जय प्रकाश ठाकुर , वडा सदस्य श्यामदेव ठाकुर , समजसेवी श्यामदेव मेहता साथै संघर्ष युवा कल्बका सदस्यहरु लगायत गाउँ घरका समाजसेवी बुद्धिजि ब्याक्तिहरुको उपस्तिथि रहेको थियो ।