सिरहा,असोज १२ गते । गोलवजार नगरपालिकाको जेसिबी साल काठ ल्याउदै गर्दा पक्राउ परेको छ ।
नगरपालिकाको सरकारी नम्बर पलेट ना.१ ग ७०६ नम्बर भएको जेसीबी चालक कल्याणपुर न.पा. ६ हाल गोलवजार न.पा. ६ वस्ने श्रवण कुुमार साहले लम्वाई ९फिट र चौडाई ५ फिट लोड गरी ल्याउदै गरेको अवस्थामा मिर्चैयाबाट खटिएको प्रहरी टोली स्थानीयको सहयोगमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
स्थानीय वासीको अनुसार गोलवजार नगरपालिकाको जनप्रतिनिधी तथा वन कर्मचारीहरुको मिलोमतोमा यसरी पुरानो सालका गोलियाहरु लाखौ मुल्यको तस्करी गर्दै आई रहेको बताए ।
वन कर्मचारीकै सहयोगमा यसरी जेसिबीमा तस्करी हुन सक्ने स्थानीयहरुको कथन रहेको छ ।
यता गोलवजार नगरपालिकाले वडा अध्यक्ष राम पुकार कामतीले जोभा प्राकृति सा.व. भित्रका रुखहरु विगत वर्षमा हावाहुरीका कारण ढलेपडेका रुखहरुलाई व्यवस्थित गर्न जेसिबी नगरपालिकाबाट माग गरिएकोमा व्यवस्थित गरी फकिर्ने क्रममा चालकले एक टुक्रा लोड गरी ल्याउने क्रममा स्थानियहरु पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए ।
डिभिजन वन कार्यालय सिरहा,लहानका अनुसार पुरानो साल गोलिया रहेको र रातीको समयमा तस्करी गर्दै गर्दा प्रहरी तथा स्थानीयको सहयोगमा पक्राउ गरी प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ । यता प्रहरी कार्यालय मिर्चैयाले वन लाई बुझाएपछि वन ऐन अनुसार अनुसंधान पछि दोषी देखिएमा कारवाही हुने निमित्त डिभिजनल वन अधिकृत गंगा प्रसाद यादबले बताए ।
काठ तस्करी गर्दै गर्दा गोलवजार नगरपालिकाको जेसिबी पक्राउ
२०७८ आश्विन १२, मंगलवार १४:३७
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer