प्रतिष्ठानलाई स्वास्थ्य सामाग्री

२०७८ आश्विन १२, मंगलवार १४:४२

दाङ। बैक अफ काठमाडौ घोराही शाखाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । बैकले सोमवार प्रतिष्ठानलाई सामाग्री हस्तान्त्रण गरेको हो ।

प्रतिष्ठानका उपकुलपति प्रा डा संगिता भण्डारीलाई बैकका घोराही शाखा प्रवन्धक नरेश बास्कोटा उपाध्यायले सामाग्री हस्तान्त्रण गरेका हुन । बैकले पिपिइ एक सय थान, मास्क १ सय प्याकेट, सेनिटाइजर ३० लिटर र ग्लोप्स १ सय प्याकेट प्रदान गरिएको शाखा प्रमुख बास्कोटाले जानकारी दिएका छन् ।

कोभिड १९ को सङक्रमण रोक्न सहयोग पुगोस भन्ने उदेश्यले संस्थागत दायित्व अन्तर्गत स्वास्थ्य सामाग्री सहयोग गरिएको उनले बताए ।



ताजा खबर