वनको काठ चोर्न लगाउने वडाध्यक्षद्वारा पत्रकार साहमाथि

२०७८ आश्विन १२, मंगलवार १५:३४

सिरहा,असोज १२ गते । वनको काठ चोर्न लगाउने सिरहाको गोलबजार नगरपालिका ९ का वडाध्यक्ष रामपुकार कामतीले पत्रकार गणेश साहमाथि हातपात गरेका छन् ।

नेपाल पत्रकार महासंघ सिरहाका उपसभापति समेत रहेका पत्रकार साहमाथि वडाध्यक्ष कामतीले ईलाका प्रहरी कार्यालय मिर्चैयामै हातपात गरेका हुन् । पत्रकार साहले मनकामनापोष्टसँग भने, ‘काठ र जेसिबीसहित पक्राउ परेका चालकमाथि कारबाही गर्न प्रहरीलाई अनुरोध गरेपछि वडाध्यक्ष कामतीले आफूमाथि हातपात गरे ।’
सोमबार राति वनबाट सालको काठ चोरी गर्दागर्दै ना १ ग ७०६ नम्बरको जेसीबी र चालकलाई स्थानीयले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय मिर्चैयाको जिम्मा लगाएको थियो । तर प्रहरीले आवश्यक कारबाहीका लागि अहिलेसम्म वन कार्यालयमा बुझाएको छैन ।
प्रहरीको नियन्त्रणमा रहेको जेसिबी गोलबजार नगरपालिकाको रहेको छ । पक्राउ परेका जेसिबी चालकले वडाध्यक्ष कामतीको निर्देशनमा काठ चोर्न लागेको बयान दिएका छन् । गोलबजारका मेयर र आरोपी वडाध्यक्ष कामती जेसिबी र चालकलाई छाड्न प्रहरीलाई दबाब दिएको स्रोतको दावी छ ।



ताजा खबर