सन्तोष गुप्ता
सुनसरी,असोज १३ गते । वराहक्षेत्रको चतरामा जारी प्रथम चतरा नकआउट फुटवल प्रतियोगिताको बुधवार भएको खेल जित्दै एभरेष्ट फुटवल क्लव,वराहक्षेत्र,३ नडाहा सेमिफाईनलमा प्रवेश गरेको छ । ईटहरी फुटवल क्लव लाई ३–० गोलले हराउ“दै एभरेष्ट क्लवले सेमिफाईनलको यात्रा तय गरेको हो ।
खेल शुरु भएको १३ मिनेटमा संजय श्रेष्ठले पहिलो गोल गर्दै जितको खाता खोलेका थिए । मध्यान्तर पछिलगातार दबाब बनाएको एभरेष्टका अर्का अनिस लिम्बुले खेलको ३६ मिनेटमा थप १ गोल गरेर टिम लाई अग्रता दिलाएका थिए ।
लगत्तै अर्को ५ मिनेटमाकप्तान युवराज श्रेष्ठले निर्णायक तेश्रो गोल गरि जित पक्का गरेका थिए ।फाईनल प्रवेशको लागि एभरेष्टले १५ गते हुने अन्तिम सेमिफाईनल खेलमा हाटखोला फुटवल क्लब वराहक्षेत्र–२ संग भिडन्त गर्नेछ ।
खेलको म्यान अफ द म्याच घोषित भएका संजय श्रेष्ठलाई सुरेन्द्र श्रेष्ठले नगद १ हजार तथा ट्रफि प्रदान गरे ।प्रतियोगिताको विहिवार हुने पहिलो सेमिफाईनल खेल जेएसवाइसी सुन्दरहरैंचा र ग्रीन कल्चर फुटवल क्लव वराहक्षेत्र–६ चक्रघट्टीका विच हुने सल्लाहकार रोशन श्रेष्ठले बताए ।