पर्सा,असोज १४ गते । नेपाल प्रहरीले पर्साको सिमावर्ती जगरनाथपुर गाउँपालिका वडा नं २ जानकिटोल बाट आज बिहान मोटरसाइकलमा लोड रहेको भारी मात्रामा भारिय कुखुराको चल्ला बरामद गरिको छ । भारत बाट कुखुरा चल्ला तस्कर हरुले मोटरसाइकलमा भारतिय कुखुराको चल्ला लोड गरि नेपाल तर्फ भित्रयाई रहेको अवस्थामाईलाका प्रहरी कार्यालय जानकिटोला बाट खटीएका टोलिले ३ वटा मोटरसाइकल सहित ५१ कार्टुन कुखुराको चल्ला बरामद गरेका छन। बरामद भएको मोटरसाइकल भारतीय नम्बर गाडी बिआर २२ एम २२५१,बिआर २२ एफ ८६९५, र एउटा नम्बर नखुलेको प्लास्टिना मोटरसाइकल रहेको छ । प्रहरी लको गस्ती देखेर चल्ला तस्करहरु ले मोटरसाइकल छोडेर भागन सफल भएको प्रहरीले जनाएका छन । सो ठाउँ बाट प्रहरीले मोटरसाइकल समेत बरामद गरेको ५१ कार्टुन भारतिय कुखराको चल्ला करिब ४ हजार रहेको प्रहरीले जनाएका छन। प्रहरीका अनुसार एक कार्टुनमा करिब ८० वटा कुखुरा को चला रहेको कुखुराको चला करिब दुई लाख पचास हजार बराबरको रहेको छ। बरामद गरिएको मोटरसाइकल र कुखराको चला ईलाका प्रहरी कार्यालय जान्कीटोलामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता ओमप्रकास खनालले जनाएका छन।
मोटरसाइकलमा लोड रहेको भारी मात्रामा भारिय कुखुराको चल्ला बरामद
२०७८ आश्विन १४, बिहीबार १६:३८संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer