सप्तरी,असोज १४ गते । सप्तरीको रुपनी गाउँपालिका ६ स्थित पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत दुधैला खोलामा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा दुईजना घाईते भएका छन् । दुर्घटनामा सप्तरीको बोदेबर्साईन नगरपालिका ६ का मोटरसाइकल चालक सुनिल कुमार चौधरी र पछाडि सवार उहाँका श्रीमती सिर्जना चौधरी घाईते भएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख ३४३८ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प ४०३१ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिंदा मोटरसाइकलमा सवार उनीहरु घाइते भएका हुन् । घाईते दुबैजनाको रायपुरस्थित युनिक अस्पतालमा उपचार भईरहेको तथा घाईतेहरुको अबस्थामा सामान्य रहेको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनु भयो ।
दुर्घटनामा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा अनियन्त्रित भई पुलमा ठोकिएर बीच बाटोमा पल्टिएका थिए । ट्रक बाटोमा पल्टिदा १ घण्टा सडक अबरुद्ध भएको थियो ।
सवारी दुर्धटनामा २ जना घाईते
२०७८ आश्विन १४, बिहीबार १६:४३संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer