प्रथम चतरा नकआउट फुटवलःजेएसवाईसी फाईनलमा प्रवेश

२०७८ आश्विन १४, बिहीबार १६:५९

सन्तोष गुप्ता
सुनसरी,असोज १४ गते ।
वराहक्षेत्रको चतरामाभईरहेकोप्रथमचतरा नकआउट फुटवल प्रतियोगिताको विहिवारभएको सेमिफाईनलखेल जित्दै जेएसवाईसी सुन्दरहरैंचामोरङ्ग फाईनलमाप्रवेश गरेको छ ।

ग्रीनकल्चर फुटवल क्लब वराहक्षेत्र–६ लाई १ का विरुद्ध ४ गोल अन्तरले हराउ“दै जेएसवाईसीले फाईनलकोयात्रा तय गरेको हो । मध्यान्तर अगाडी १ गोलले पछि रहेको जेएसवाईसीमध्यान्तर पछि भने निकै आक्रमण बन्दै लगातार गोल गरेको थियो, खेलाडी सुजन मगर रसुजन बस्नेतले २,२ गोल गरे ।दोश्रो हाफको खेल शुरु भएपछि सुुजन मगरले १७मिनेट पहिलो गोल गरि टिमको खाताखोलेका थिए ।

उनलाई पछ्याउदै अर्का खेलाडी सुजन बस्नेतले २३ मिनेटमा अर्को १ गोल गरे । ५ मिनेटमा फेरी सुजन मगरले तेश्रो गोल आफ्नो नाम गरे, भने खेल सकिनलाग्दा सुजन बस्नेत चौथोगर्दै टिमको फाईनलमा स्थानपक्का गरेको थियो ।उसले उपाधिकोलागिशुक्रवार हुने सेमिफाईनलको विजेता संग भिड्ने छ ।ग्रीनकल्चर का एलन राईलेपहिलो हाफमा सान्त्वना १ गोल गरेका थिए ।

खेलको म्यानअफ द म्याचजेएसवाईसीका सुजन मगरलाई आयोजकचतरा फुटवल क्लवका कोषाध्यक्षप्रियंकाचाम्लिङ्ग राई नगद १ हजार तथा ट्रफी प्रदानगरिन् ।प्रतियोगिताको शुक्रवार हुने अन्तिम सेमिफाईनल खेल हाटखोला फुटवल क्लव वराहक्षेत्र–२ र एभरेष्ट फुटवल क्लव वराहक्षेत्र–३ नडाहा का विचहुने आयोजकका सचिवदिनेश राईले बताए ।



ताजा खबर