नेपाल लाइफद्वारा घातक रोग बीमा दाबी भुक्तानी

२०७८ आश्विन १४, बिहीबार १७:२७

काठमाडौं,असोज १४ गते । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितलाई घातक रोग देखिएपछि उपचारका लागि बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको कोटेश्वर शाखाबाट प्रविण गौलीले २०७७ पौष १५ गते ६ लाखरुपैयाँको जीवन बीमा सहित घातक रोग समेतको बीमामा घातक रोग वापत निजले बीमाशुल्क वापत एक हजार पचास रुपैयाँ तिरी बीमा गराएका थियो ।
निजलाई १८ ओटा घातक रोग मध्ये एउटा रोग मुटुमा समस्या देखा परेको हुदा कम्पनीले उपचार खर्च गर्नको लागि कोटेश्वरको शाखा प्रबन्धक ज्ञानेन्द्र मान तुलाधर, वरिष्ठ एजेन्सी मैनेजर दिपक थापा, बास्ना गौली र कर्मचारी अनुज कुमार झा, प्रियंका कार्कीको उपस्थितीमा ६ लाख रुपैयाको चेक हस्तान्तरण गरेको थियो ।



ताजा खबर

error: Content is protected !!