भैरा पसहा खोला देवतालले १२७ मिटर लामो झोलुङ्गे पुल उद्घाटन सम्पन्न

२०७८ आश्विन १५, शुक्रबार १६:५१

अमरेस कुमार पाण्डेय
बारा,असोज १५ गते ।
पुल निर्माण भए सङ्गै आफुहरु अत्यन्तै खुशी भएको देवतालका स्थानिय समाजसेवी हरुले बताए । झोलुङ्गे पुल बनेपछी देवतालबाट दैनिक कलैया बजार आउ जाउ गर्ने किसान,बिद्यार्थी,कर्मचारी,दैनिक ज्यालादारी गर्ने आम सर्वसाधारणलाई अत्यन्तै सजिलो भएको राजबली प्रसादले बताए ।
तत्कालिन जिबिस बारा र देवताल गाउपालिका को ५१ लाख को लागतमा ट्रेल बृज सपोर्ट युनिट तथा गाउपालिकाको सन्युक्त लगानिमा सो झोलुङ्गे पुल निर्माण भएको प्रमुख प्रशासकिय अधिकृत सिकिन्द्र साहले जानकारी गराए । आव २०६८÷०६९ मा शिलान्यास गरिएको भएपनी तत्कालिन ठेकेदारको टाट पल्टेको कारण आवस्यक सामग्री आपूर्ति नहुदा यो पुल निर्माणमा ढिलाई भएको गाउपालिकाका प्राबिधिक शाखा प्रमुख ओलिक महमदले बताए ।

उक्त अवसरमा गाउपालिकाका उपाध्यक्ष रामपती देबि,प्रमुख प्रशासकिय अधिकृत सिकिन्द्र साह,वडा नम्बर ६ का अध्यक्ष रामपुजन पण्डित,१ का अध्यक्ष पन्नालाल साह,२ का रमेश यादब,३ का अमर प्रसाद नेपाली,४ का मिश्रिलाल प्रसाद सहनी,५ का लखिन्द्र प्रसाद यादब,प्राबिधिक शाखा प्रमुख ओकिल महमद,योजना शाखा प्रमुख नासु अभिनन्दन कुमार गुप्ता,सुचना प्रबिधी अधिकृत मुकेश यादब,स्थानिय समाजसेवी जवाहिर अन्सारी,,प्रसाद महतो,पुल उपभोक्ता निर्माण समितीका अध्यक्ष रामप्रवेश यादब,सचिव सन्जय पटेल सहित गाउपालिका बासिको उपस्थिति रहेको थियो ।



ताजा खबर