सन्तोष गुप्ता
सुनसरी,असोज १५ गते । वराहक्षेत्रको चतरामा जारी प्रथम चतरा नकआउट फुटवल प्रतियोगिताको शुक्रवार भएको सेमिफाईनल खेल जित्दै एभरेष्ट फुटवल क्लब,वराहक्षेत्र–३ नडाहा फाईनलमा प्रवेश गरेको छ ।
हाटखोला फुटवल क्लब वराहक्षेत्र–२ लाई ५–२ को गोल अन्तरले हराउ“दै एभरेष्टले फाईनलको यात्रा तय गरेको हो । जर्सी नं १० का खेलाडी निशान लिम्बुले खेलको मध्यान्तर अगाडि ११,२३ र २८ मिनेटमा ≈याट्रिक गोल गरे ।
अर्का खेलाडी संजय श्रेष्ठले १९ मिनेटमा १ गोल गरेका थिए भने दोश्रो हाफको २ मिनेटमा युवराजश्रेष्ठले थप १ गोल गर्दैफाईनलको स्थान पक्का गरेका थिए । हाटखोलाका वर्तमान राई र दिपेश तामाङ्ग १,१ गोल गरे ।
खेलका म्यान अफ द म्याच घोषित भएका खेलाडी निशान लिम्बुलाई आयोजक चतरा फुटवल क्लबका उपाध्यक्ष शंकर राईले नगद १ हजार तथा ट्रफि प्रदान गरे ।
उपाधिको लागि एभरेष्टले असोज १७ गते हुने फाईनल खेलमाजेएसवाइसी सुन्दरहरैंचा मोरङ्ग संग भिडन्त गर्नेछ । १४ गते भएको खेलमा ग्रीन कल्चर फुटवल क्लब वराहक्षेत्र–६ लाई १ का विरुद्ध ४ गोलले हराउ“दै जेएसवाईसीले फाईनलको यात्रा तय गरेको थियो ।
चतरा नकआउट फुटवलको विजेतालाई नगद ४५ हजार तथा उपविजेताले २० हजार रुपैंया तथा ट्रफि पुरस्कार प्रदान गरिने सचिव दिनेश राईले बताए । खेल चतरा खेल मैदानमा भईरहेको छ ।