शुभ नारायण यादव
सप्तरी,असोज १६ गते । मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा जनता समाजवादी पार्टीका युवा तथा विघार्थि सहितका नेता कार्यकर्ताहरुले आज साँझ सप्तरीको राजविराजमा बृहत् मसाल जुलुस प्रदर्शन गरेका छन् । राजविराज स्थित शिव मन्दिर अगाडिबाट निस्केको जुलुस नगरका विभिन्न भाग परिक्रमा गर्दै जनआन्दोलन चोक पुगेर कोणसभामा परिणत भएको थियो । सो कोणसभाका वक्ताहरुले अख्तियारले छानबिनको नाममा जबरजस्ती गर्न खोजेको आरोप लगाएका छन। सो सभामा महिला नेतृहरु रमिला साह र गीता यादव, विद्यार्थी नेताहरु शम्भू यादव, केदार यादवलगायतका बक्ताहरुले अख्तियारले गरेको कार्यको बिरोध गरेका छन । यता मसाल जुलुसमा राजविराज नगरपालिकाका प्रमुख शम्भूप्रसाद यादव, जसपा प्रदेश २ का सचिव दिनेशकुमार यादव, जिल्ला अध्यक्ष केदार यादव, जिल्ला उपाध्यक्ष निरज मुक्ति, युवा नेता सत्येन्द्र यादवलगायतका नेता तथा कार्यकर्ता सहभागिता रहेको थियो । ’बेटी बचाउ बेटी पढाउ’ कार्यक्रममा अनियमितता भएको आशंकामा अख्तियारको टोलीले चारदिनअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापामारी केही कागजात लगेको थियो । अख्तियारको छापामारीविरुद्ध जसपाको केन्द्रीय समिति र प्रदेश समितिले विरोध गरेको छ । ’बेटी बचाउ,बेटी पढाउ’ जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन सरकार प्रमुखको शक्ति र गरिमामा नै अख्तियारले आघात पु¥याउने कार्य गरेकोले अख्तियारविरुद्ध आन्दोलनमा उत्रनु परेको जसपाका नेताहरुले बताएका छन । जस अन्तरगत आज प्रदेश न.२ का सबै जिल्लामा मसाल जुलुस भएको र आइतबार प्रदेशका सबै जिल्ला सदरमुकाममा बृहत् विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको जसपाले जनाएको छ ।
सप्तरीमा अख्तियारविरुद्ध जसपाका युवा बिघार्थिद्वारा राजविराजमा प्रदर्शन
२०७८ आश्विन १६, शनिबार १४:०७
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer