वीरगञ्जमा झरीका बिच जसपाको मसाल जुलुश, संघियता धरापमा परेको भन्दै चिन्ता व्यक्त

२०७८ आश्विन १६, शनिबार १७:३६

पर्सा,असोज १६ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले वीरगञ्जमा झरीका बिच पानि मसाल जुलुश प्रदर्शन गरेको छ । जसपा वीरगञ्ज महानगर कामटीका अध्यक्ष ईश्वर यादवको नेतृत्वमा जसपा नेपालको निर्धारित कार्यक्रमअनुसार मसाल जुलुश पदर्शन गरिएको हो ।
वीरगञ्जको घण्टाघरबाट निस्किएका जुलुश माईस्थान आदर्शनगर, ग्रिनसिटी हुँदै घडिअर्वा चोक भएर
पुन. घण्टाघरमा आई कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्वोधन गर्दै जसपाकी केन्द्रिय सदस्य एवम् प्रदेश नम्बर २ की प्रदेश सभा सदस्य करिमा वेगमले संघियता विरोधी क्रियाकलापहरु गरेर सरकारले संघियतालाई मास्न खोजेको आरोप लगाईन् ।

त्यसैगरी जसपाका केन्द्रीय सदस्य फिरोज मन्सुर, जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, केन्द्रीय परिषद् सदस्य सलाउदिन अहमद, जिल्ला सचिव तबरेज अहमद, प्रदेश सदस्य एवम् प्रदेश नम्बर २ को मुख्यमन्त्रीका स्वकीय सचिव दिपक यादव लगायतले अख्तियारको छापामार शैलीप्रति आपत्ति जनाउँदै संघियता धरापमा परको भन्दै चित्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा जसपाका जिल्ला सदस्य रमेश यादव, लालदेव प्रसाद यादव, असलम आलम, अजय चौरसिया, समाजवादी युवा संघका केन्द्रिय सचिव सरोज यादव आमोद यादव, प्रदेश सचिव मनोज यादव, पर्सा जिल्ला अध्यक्ष गौरव वर्मा, उपाध्यक्ष मनमोहन पाण्डे, नगर उपाध्यक्ष शेख रूस्तम, कुन्दन प्रसाद पटेल, धिरज शर्मा, अजय यादव, आमर मन्सुर, दिलिप शर्मा, विकास गुप्ता साहिव खाण, अजय साह लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा सहभागीहरुले ’अख्तयार मुर्दावाद, संघियता मास्न पाइदैन, छापामार शैली चल्दैन, मुख्यमन्त्री हाम्रा शान हुन्, अख्तियार गो व्याक लगायतका नारा लगाएका थिए ।



ताजा खबर