न्यु ग्रीनलयान्ड होटलबाट आपत्ति जनक अवस्थामा २ महिला र ४ पुरुष सहित ६ जनालाई प्रहरीले पक्राउ

२०७८ आश्विन १६, शनिबार १७:३९

सिरहा,असोज १६ गते । सिरहा जिल्लाको गोलबजार नगरपालिकामा रहेको न्यु ग्रीनलयान्ड होटलबाट आपत्ति जनक अवस्थामा २ महिला र ४ पुरुष सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारले यौनधन्दा चलाउने गरेको विशेष सुचनाको आधारमा छापामारी गरी होटल सञ्चालन सहित ६ जनालाई नियन्त्रणका लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले २ महिला सहित ६ जनालाई नियन्त्रणमा लिएको जनाएपनि विस्त्रित विवरण आउन बाँकी रहेको जनाएको छ । पक्राउ परेका सवैलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ ।



ताजा खबर