कपिलवस्तु,असोज १७ गते । कपिलवस्तु प्रहरीले स्रोत नखुलेको लगभग तेईस लाख नेपाली रुपैयाँ कृष्णनगरमा बरामद गरेको छ ।
दिउसो २ बजे इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुकदेव पौडेकसहित को टोलीले वडा २ अवस्थित बसपार्कमा शंकास्पद कालो झोला देखिएपछि चेकजाँच गर्दा २२ लाख ९१ हजार ८ सय नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
स्रोत नखुलेको बुद्धभुमी नगरपालिका वडा नं. ९ धमौली बस्ने बर्ष २२ को जिवन प्रसाद भुषालले बोकेको एक हजारको २० गड्डी, पांच सयको ६ गड्डि र एक सयको ३ नोट सहित भुषाल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात राजश्व अनुसन्धान बिभाग बुटवलमा पठाउने प्रहरीले जानकारी गराएको छ।
कपिलवस्तुमा स्रोत नखुलेको लगभग २३ लाख बरामद
२०७८ आश्विन १७, आईतवार १५:५८
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer