अवैध लागूऔषध गाँजा सहित २ जनालाई भारतीय नागरिक पक्राउ

२०७८ आश्विन १७, आईतवार १६:१२

राजिव शाह
सर्लाही,असोज १७ गते ।
अवैध लागूऔषध गाँजा सहित २ जनालाई भारतीय नागरिकलाई पक्राउ गरेको छ । गोरखकाली प्रहरी चौकी र सशस्त्र प्रहरी बल नेपाल बिओपी मलंगवाको संयुक्त टोलीले अवैध लागूऔषध गाँजा ७० केजी सहित सिमाना नाकाबाट नियन्त्रणमा लिएको छ ।

शुक्रबार राति करिव ११ बजे प्रहरीले भारत बिहार राज्य सितामदी जिल्ला पञ्चाय सोनवर्सा वडा नं.१, बर्ष२१का धर्मेन्द्र कुमार मण्डल र भारत बिहार राज्य सितामदी जिल्ला पञ्चाय सोनवर्सा वडा नं.३ बर्ष १९ का भोला कुमार साह रहेका छन् ।
प्रहरी चौकी गोरखकाली र बिओपी मलंगवा टावरबाट खटिएको टोलीले गस्तीको क्रममा ४–५ जना अपरिचित ब्यक्तिहरु टाउकोमा कालो पोका बनाएर भारत तर्फ जादै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकृत एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



ताजा खबर