६६ औ प्रहरी दिवसको अवसरमा बृक्षारोपन

२०७८ आश्विन १७, आईतवार १६:३१

राजिव शाह
सर्लाही,असोज १७ गते ।
६६ औ प्रहरी दिवसको” अवसरमा जिल्ला प्रहरी कार्यालय परिसर तथा मातहत समेतमागरी ६० वटै युनिटहरुमा वृक्षारोपण कार्यक्रम गरी सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको परिसर भित्र कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर र मातहत प्रहरी कार्यालयहरुमा प्रहरी जवान प्रहरी अधिकृतहरुको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सुभारम्भ गरी विभिन्न प्रजातिका १५० वटा बिरुवाहरु बृक्षारोपण गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
समाजमा शान्ति, सु–व्यवस्था, अमनचयन कायम गर्न २४ सै घण्टा समर्पित नेपाल प्रहरीको ६६ औ प्रहरी दिवसको अवसरमा वृक्षारोपण अभियान संचालन गरी यसको संरक्षण, सम्वर्धन समेत गरी वातावरणलाई सफा, स्वच्छ, सुन्दर तथा सन्तुलन बनाउने कार्यमा निरन्तर प्रयत्नरत रहि रहने कार्यालय प्रमुख एवं सन्तोष सिंह राठौरले बताउनुभयो ।



ताजा खबर