अबको एमाले काम गर्ने पार्टीः महेश बस्नेत

२०७८ आश्विन २०, बुधबार ०४:१७

सिरहा,असोज २० गते । राष्ट्रिय युवा संघ नेपालका ईन्चार्ज तथा नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले नेकपा एमाले पार्टी माम खोज्ने पार्टी नभई काम गर्ने पार्टी रहेको वताउनुभयो । आज सिरहाको लहानमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्रथम नगर अधिवेशनलाई उद्घाटन गर्नुहुँदै नेता बस्नेतले पहिलाको एमाले सच्चिइसकिएले मामको सट्टा काम गरेर देखाउने पार्टीको रुपमा रुपान्तरित भएको वताउनुभयो ।

चार दलीय गठबन्धनप्रति ईगित गर्दै नेता बस्नेतले शेरबहादुर देउवाको सरकार नालायक सरकार भएको टिप्पणी गर्नुभयो । उहाँले सरकार गठन भएको तीन महिना वितिसक्दा समेत सरकार गर्न नसक्नु नालाकीयपन रहेको जिकिर समेत गर्नुभयो ।एमाले कार्यकर्तालाई सत्ताको दम्भमा गठबन्धन सरकारले झुठा मुद्दा लगाउने काम गरिरहेकोले सो क्रमलाई नरोके एमाले सशक्त भएर सरकार विरुद्ध लागि पर्ने चेतावनी समेत दिनुभयो । अबको निर्वाचनमा गठबन्धन पार्टीहरुले एक अर्काको मुख ताक्नुपर्ने अवस्था रहे पनि एमाले पार्टी एक्लैले चुनावमा गोल्डमेडल ल्याउने उल्लेख गर्नुभयो ।नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश नं. २ का ईन्चार्ज लिलानाथ श्रेष्ठले स्थानीय प्रशासनले सत्ताको दम्भमा एमाले नेता कार्यकर्तालाई झुठ्ठा मुद्दा लगाईए प्रशासन विरुद्ध एमाले कडा रुपमा प्रस्तुत् हुने वताउनुभयो ।

कार्यक्रम युवा संघ नेपालका महासचिव रमेश आचार्य, लगायतहरुको उपस्थिति रहेको थियो । २४ वडा रहेको लहान नगरपालिकाका सबै वडाबाट प्रतिनिधि र पर्यवेक्षकहरुको उपस्थिति रहेको छ । आजसम्म चल्ने अधिवेशनले राष्ट्रिय युवा संघ लहानको नयाँ नगर कमिटी चयन हुने जनाइएको छ ।



ताजा खबर