शुभ नारायण यादव
सप्तरी,असोज २० गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा औषधि खरिदमा अनियमितता गरेको पाईएको छ । महालेखा परीक्षकको बार्षिक प्रतिबेदन २०७८ अनुसार सार्वजनिक खरिद नियमावली बिपरीत हुने गरि औषधि खरिद गरिएको पाईएको हो ।
नगरपालिकाले ३९ लाख ८९ हजार २ सय ५६ रुपैयाको औषधि नियम बिपरीत खरिद गरेको महालेखा परीक्षकको बार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ । सार्वजनिक खरिद नियमावली २०७४ को नियम ८५ उपनियम १ (क) मा २० लाख रुपैयाँ सम्मको औषधिजन्य मालसामान उत्पादकले राष्ट्रियस्तरको समाचार पत्रमा सुचना प्रकाशन गरि तोकेको बिक्री मूल्यमा सोझै खरिद गर्न सकिने ब्यबस्था छ तर पालिकाले सो बमोजिम नगरी अनियमितता गरेको पाईएको छ ।
नगरपालिकाले खरिद गरेको उक्त औषधि कुन उत्पादन कम्पनीबाट भएको हो र सो को मूल्य राष्ट्रिय पत्रपत्रिकामा प्रकाशन गरेको छैन । यस्तै आपूर्ति भएका औषधि डब्लुएचओबाट सर्टिफाईड हुनुपर्ने, औषधिको उत्पादन मिति ब्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरि सम्बन्धित बिषय बिज्ञबाट मुचुल्का उठाई राख्ने नगरेको तथा उक्त औषधि बिक्रिको होईन खुलाएको प्रमाणपत्र समावेश नभएको महालेखा परीक्षकको प्रतिबेदनमा उल्लेख गरिएको छ । औषधि खरिद प्रक्रिया कानुन विपरीत हुँदा महालेखाले खरिद, आपूर्ति, दाखिला तथा खर्चको बिवरण अधाबधिक हुने गरि अभिलेख राख्न सुझाव दिएको छ ।
यसैगरी तोकिएको गुणस्तर अनुसारकै औषधि प्राप्त भएको, नभएको यकिन गरि हस्तान्तरण तथा खरिद गरेको औषधिको विवरण खुल्ले गरि राख्ने तथा आर्थिक बर्षको अन्त्यमा बाँकी रहेका औषधिहरु जिम्मेवारी जिन्सी ब्यबस्थित गर्नेतर्फ ध्यान दिन नगरपालिकालाई निर्देशन गरिएको छ ।
यता हनुमाननगर कंकालिनी नगरपालिकाले आर्थिक बर्ष २०७६÷०७७ मा १ अर्व ३३ करोड प्राप्त गरेको मध्ये ४ करोड ९ लाख २२ हजार बेरुजु राखेका छन् ।
त्यसेगरि सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा जनप्रतिनिधिदेखि सवारी चालकसम्मलाई बेरुजु रहेको पाईएको छ । महालेखा परीक्षकको बार्षिक प्रतिबेदन २०७८ अनुसार बिभिन्न प्रयोजनका लागि लिएको झण्डै १० करोड पेश्की फछ्र्यौट नगरेको पाएको हो ।
जिल्लाको अग्निसाईर कृष्णासवरण गाउँपालिकाले ९ करोड ९१ लाख २७ हजार ६ सय ५१ रुपैया बेरुजु राखेको प्रतिबेदनमा उल्लेख छ । जसमध्ये अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले १ लाख, वडा नम्बर १ का अध्यक्ष तेज नारायण चौधरी थारुले ५ लाख, वडा ४ का अध्यक्ष तेज नारायण यादव (महेश)ले ५ लाख, वडा नम्बर ६ कि अध्यक्ष कुशुम आचार्यले ४ लाख ६४ हजार, वडा नम्बर ५ का वडा अध्यक्ष श्रीप्रसाद यादवले ३ लाख ९० हजार बेरुजु राखेको छ ।
यसैगरी सत्य सीता कन्सट्रक्सनलाई ४ लाख ११ हजार, आर्यन कन्सट्रक्सनलाई ४ लाख २७ हजार, स्काभेटर चालक ईश्वर कुमार जोशी ३० हजार र एम्बुलेन्स चालक ओमप्रकाश यादवलाई १२ हजार ८ सय ८० गरि कूल २८ लाख ३४ हजार ८ सय ८० बेरुजु रहेको महालेखा परीक्षक कार्यालयको बार्षिक प्रतिबेदनमा जनाएको छ । बेरुजु राख्नेमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र प्रसाद यादव, सह–लेखापाल रोहित कुमार देव, खरिदार रामबाबु यादवसहित बिभिन्न निर्माण कम्पनी, विद्यालयहरुदेखि उपभोक्ता समितिसम्म रहेको प्रतिबेदनमा उल्लेख छ ।
आर्थिक कार्यबिधि तथा बित्तीय उत्तरदायित्व ऐन ०७६ र स्थानी सरकार संचालन ऐना ०७४ बिपरीत हुने गरि बिभिन्न प्रयोजनका लागि लिएको पेक्की फछ्र्यौट नगरेको पाईएको छ । आर्थिक कार्यबिधि नियमावली २०६४ को नियम ८० मा सरकारी कामकाजको निमित्त एक आर्थिक बर्षमा गएको पेश्की रकम सोही आर्थिक बर्षमा फछ्र्यौट हुन नसकेमा कार्यालय प्रमुखले त्यसरी फछ्र्यौट हुन बाँकी रहेको रकमको नामसहित के–के बापत पेश्की गएको हो सो समेत खुलाई जिम्मेवारी अर्को बर्षमा सारी प्रमाणित र यसरी सारिएको पेश्की नियमावली बमोजिम फछ्र्यौट गर्नुपर्ने ब्यबस्था छ ।
यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलदेव यादवले कुन प्रयोजनका लागि पेश्की लिएर बेरुजु भएको भन्नेबारे बुझेर छिट्टै चिठ्ठी काटेर बेरुजु फछ्र्यौट गर्न लगाउने बताएका छन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा औषधि खरिदमा व्यापक अनियमितता
२०७८ आश्विन २०, बुधबार ०९:१२संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer