सिरहा,असोज २७ गते । आश्विन शुक्ल अष्टमीका दिनमा आस्थापूर्वक मनाइने महाअष्टमी पर्व आज दशैंको रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गर्ने गरिन्छ ।
दसैँको आठौँ दिन आज दशैंघर, कोतलगायत विभिन्न शक्तिपीठहरुमा पशु बलि दिई दुर्गा भवानीको पूजा गर्ने गरिन्छ । आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलि दिई पूजा आजा गर्ने गरिन्छ ।
आजका दिन विभिन्न शक्तिपीठहरुजस्तै सिरहाको लहान,बाला सुन्दरी भगवती, सप्तरीको छिन्नमस्ता, पर्साको गहवामाई, धनुषाको राजदेवीलगायतका शक्तिपीठमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनको घुँइचो लागेको छ ।
अष्टमीको दिन पशु बलि नचढाउनेले भने आज पूजा कोठामा आ–आफ्नो कूल देवतालाई परम्पराअनुसार काँक्रो, घिरौंला, कुभिण्डो, मूला, नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गरेको छ ।