मधेशमा दसैं तिहारजस्ता चाडपर्वका समयमा गाउँघरमा राखिने पिङ हराउँदै

२०७८ आश्विन २७, बुधबार १६:३४

रामनारायण ठाकुर
मिर्चैया,असोज २७ गते ।
दशैँमा अनिवार्य जस्तै बन्ने चलन अहिलेको समयमा लोप हुँदै गएको छ । दसैं तिहारजस्ता चाडपर्वका समयमा गाउँघरमा राखिने पिङ हराउँदै जान थालेका छन् । दसैं लाग्नुपूर्व गाउँका टोलटोलमा राखिने पिङ अहिले भने हराउँदै जान थालेका हुन् । गाउँघरमा युवा जनशक्ति कममात्रमा हुनु र बजार क्षेत्रमा मनोरञ्जनका अन्य धेरै साधन हुँदा पिङ राख्ने संस्कृति भने लोप हुँदै गएको छ ।

संस्कृतिकै रुपमा विकास भएका पिङको संरक्षणका लागि स्थानीय संस्था तथा व्यक्तिले चासो नदेखाएको स्थानीयवासी बताउँछन् । उहाँका अनुसार विगतमा दशँैतिहारमा बनाउने गरेका पिङ अब लोप हुँदै गइरहेका छन् । “युवा भेला भई हरियो खर काटेर बलियो पिङ बनाउने प्रतिस्पर्धा गर्ने चलन रहेका अहिले युवा गाउँमा छैनन, अग्रजले पनि यसमा चासो नदेखाएको जस्तो लाग्छ उहाँले भन्नुभयो ।

दशैँका बेला चाडपर्वमा मात्रै गाउँघरमा जुट्ने युवालाई चर्खे पिङ बनाउने फुर्सद र सीप पनि छैन । पिङ लोपोन्मुख भएकामा बूढापाका भने चिन्ता व्यक्त गर्छन् । नेपाली मौलिक परम्परा तथा संस्कृति युवा पुस्तामा हस्तान्तरण गर्न नसक्दा आफैँले संस्कृतिको लोप भएको देख्नुप¥यो भनी बूढापाका भन्छन् । बेरोजगारीका कारण युवा गाउँमा नबस्दा पिङ बनाउने संस्कृतिसँगै बडादशैँक बेला गाउँका बाटा, पाटी पौवा, सार्वजनिकस्थल सरसफाइ गर्ने परम्परासमेत हराउँदै गएको छ ।



ताजा खबर