गोरखा केन्द्रविन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गयो

२०७८ आश्विन ३१, आईतवार ०७:५४

गोरखा,असोज ३१ गते । गोरखा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान चार बजेर ९ मिनेट जाँदा गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, काठमाडौँले जनाएको छ ।
केन्द्रका अनुसार यो २०७२ सालको बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्कलेको भूकम्पकै परकम्प रहको हो । विनासकारी बारपाक भूकम्प पछि हजारौँ परकम्प गइसकेका छन् ।
त्यसरी जाने परकम्पका केन्द्रविन्दु गोरखा, धादिङ, नुवाकोट, काठमाडौं उपत्यकासहितका क्षेत्र हुने गरेका छन् ।



ताजा खबर