अमित ठाकुर
रौतहट,असोज ३१ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) भ्रातृ संगठन राष्ट्रिय युवा संघ रौतहट जिल्लाको आयोजनामा आज रौतहटको सदरमुकाम गौरको पार्टी कार्यालयमा भएको भेलाले जिल्ला अध्यक्षमा अवधेश यादवलाई सर्व सहमतिबाट चयन गरिएको हो । यादवको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको छ। युवा संघ जिल्ला कमिटी गठन एवं सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथी संविधान सभा सदस्य अबदुल कलाम अजाद रहेका थिए। विशिष्ट अतिथिमा प्रदेश कमिटी सदस्य कपिलदेव पटेल, अतिथिमा प्रदेश कमिटी सदस्य शैलेन्द्र साह, युवा संघका स्थायी कमिटी सदस्य आषिश झा, अनेरास्ववियुको केन्द्रिय सचीव कनिष पटेल, सचिवालय सदस्य रवि मिश्र र युवा संघको केन्द्रिय सदस्य आषुतोश कुमार सिंह लगायतका युवा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
रौतहटमा युवा संघको जिल्ला अध्यक्षमा अवधेश यादव चयन
२०७८ आश्विन ३१, आईतवार १६:३६
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer