जीतेन्द्र कुमार राम
जनकपुर ,कार्तिक १ गते । दशैं शुरु भएपछी देविदुर्गाको स्थलमा मैथिली परम्परासंग आवद्ध विभिन्न नाचहरु मध्ये पौराणिक कालदेखी बहुचर्चित नाच झिझिया भब्यताका साथ सिरहाको कर्जन्हा बजारमा एकादशि(शनिबार) राती सम्पन्न गरिएका छन।
घटस्थापना देखि बिजया दशमी सम्म देवि स्तुतिको रुपमा झिझिया नृत्य प्रदर्शन गरिदै आइरहेका थिए।जसमा फरकफरक समुहहरु फरक फरक जिल्लावाट भाग लिएका थिए।
झिझिया नाच खासमा बोक्सिबाट आफ्ना सन्तान र समाजको सुरक्षाको लागि यो नृत्य गरिने जनबिश्वास रहेको कारण पौराणिक कालदेखी गाउँगाउँ टोलटोलमा दिदिबहिनीहरुले गरिदै आइरहेका कारण नया प्लेटफार्म बनाइएको तथा अगामी भबिष्यमा यो औधि प्रसिद्ध हुने र दिदीबहिनीहरुले प्रतियोगिता द्वारा आफ्नो कला प्रदर्शन गरि देखाउन एवं परम्परा जोगाउन सकिने कर्जन्हा नगरपालिकाका नगरप्रमुख गंगा पासवानले बताए।
झिझिया नाचमा खासगरी जादुटोना बोक्सि आदिको प्रभावलाइ कम गर्न अनुष्ठान प्रारम्भ गरिएको बुझिएको छ।यसको नृत्यको आफ्नै सुरताल हुन्छ,जसमा झिझिया गीतमा टाउकामा घैटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्ने भएको टाढाटाढाबाट दर्शक आएको तथा सम्भाबित बिबाद हुन सक्नाले सुरक्षामा ड्रोन सहित पुग मात्राका सुरक्षाकर्मी एवं स्वंयसेवक तैनाथ गरिएको आयोजक समितिले बताए।
झिझिया नाच खासगरी नेपालको तराइ भेगमा देख्न पाइन्छ जसमा धनुषा,महोत्तरी,सिरहा,सर्लाही, बारा र पर्सा प्रमुख भएका कारण अगामी बर्षदेखी प्रदेश स्तरिय नै प्रतियोगिता गराउने आयोजक समितिका एक सदस्यले बताए।
यस्तैमा झिझिया महाउत्सव कर्जन्हामा १० समुहको पुरस्कार बितरण एवं मुल्यांकनमा विभेद गरिएको जनकपुर समुहले आरोप लगाएका छन।जनकपुर समुहका समूह अगुवा रामभगत यादवका अनुसार बिगत दुई बर्षदेखी जनकपुर समुहमाथी विभेद गरिदै आएको बताए।सिरहाकै एक सन्चारकर्मीका अनुसार बर्ष २०७७ मा यस्तै मिर्चैया समुहसंग पनि विभेद गरिएको हुदा बिबाद भएको तथा यसबर्ष समूह दर्ता पनि नगरिएको जनाए।
कार्यक्रममा बिभिन्न ६ सदस्य निर्णायक सदस्यले १० दिनदेखी मुल्यांकन गर्दै आइरहेका थिए जसमा धनगरहा टिम कर्जन्हाले ८६१.५,लक्ष्मिनिया खोला टोल ए ले ८६८,चोमास टोल कर्जन्हाले ८१८ तथा जनकपुर टिम धनुषाले ८०७ नम्बर पाएका थिए।
कार्यक्रममा प्रथम बिजेता टिमलाइ ७३,३४० सहित एक थान कप,एक थान मेडल र प्रमाणपत्र ,दोश्रो बिजेता टिमलाइ ६०,०००÷–एक थान कप,एक थान मेडल र प्रमाणपत्र ,तेस्रो बिजेता टिमलाइ ४६,६२८÷– सहित एक थान कप,एक थान मेडल र प्रमाणपत्र ,त्यस्तै चौथो,पांचौ,छैठौं टिमलाइ नगद २८,०००÷– सहित एक थान कप,एक थान मेडल र प्रमाणपत्र , र अन्य चार टिमलाइ एक थान कप,एक थान मेडल र प्रमाणपत्र सहित सम्मानित गरिएको छ।नगद पुरस्कारमा २५ प्रतिशत करकट्टी समाबेश गरिएको थियो।