प्रदेश नं.२ मा भोलि सार्वजनिक विदा

२०७८ कार्तिक १, सोमबार १०:४५

जनकपुर,कार्तिक १ गते । प्रदेश–२ मा मंगलबार सार्वजनिक विदा हुने भएको छ । मुश्लिम धर्माम्बलीको धर्मगुरु पैगम्बर महम्दको जन्म दिनको अवसर पारेर प्रदेश सरकारले भोलि विदा दिएको छ ।

प्रदेश सरकारले नेपाल सरकारले दिएको विदा अतिरिक्त थप ११ वटा विदा दिएको छ, जसमा पैगम्बर महम्दको जन्म दिनलाई पनि राखिएको छ । प्रदेश २ मन्त्रीपरिषद्को गत बैशाख २ गते बसेको बैठकले नेपाल सरकारले दिएको बाहेक थप ११ वटा विदा दिने निर्णय गरेको थियो ।



ताजा खबर

error: Content is protected !!