शुभ नारायण यादव
सप्तरी,कार्तिक २ गते । सप्तरीको राजबिराज नगरपालिकाले लाखौंको सेनेटरी प्याड कार्यबिधि तथा योजनाबेगर खरिद गरिएको पाएको छ । महालेखा परीक्षकको प्रतिबेदन २०७८ अनुसार कार्यबिधि तथा योजना बिपरीत १९ लाख भन्दा बढि रुपैयाको प्याड खरिद गरि भुक्तानी गरिएको पाईएको हो ।
प्रतिवेदनअनुसार शिलबन्दी दरभाउ पत्रको माध्यमबाट कम कबोल गर्ने यशोदा फर्मा लिंकलाई १९ लाख ८६ हजार ८ सय ६१ रुपैया ४९ पैसामा खरिद गरि भुक्तानी गरेको छ । उक्त प्याडहरु बितरण नभई अझै स्टोरमा खर्च नगरी बाँकी देखिन्छ, प्रतिबेदनमा भनिएको छ, जुन प्रयोजनका लागि खरिद भएको थियो सो बमोजिम गरिएन, कार्यबिधि तथा योजनाबेगर खरिद गरेको तथा हालसम्म बितरण नगरेकाले खरिद गर्नकै लागि मात्र प्याड खरिद गरेको देखिन्छ ।
उक्त सेनेटरी प्याड लामो अबधिसम्म स्टोरमा राख्दा गुणस्तरमा ह्रास आउने तथा प्रयोग गर्ने मिति समेत समाप्त हुने सम्भावना भएकाले कार्यक्रमको आशयअनुरुप बितरण गरिसक्नुपर्नेमा सो नगरिएको महालेखाको प्रतिबेदनमा उल्लेख छ । प्याड खरिद गरेर बितरण नगरिएकाले सम्बन्धित फर्माबाट खरिदमा लागेको रकम असुल उपर गर्नुपर्ने वा समयमा प्याड लक्षित ठाउँमा पुगिसक्नु पर्ने महालेखा परीक्षकको प्रतिबेदनमा जनाएको छ ।
यता राजबिराज नगरपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्र प्रसाद यादवले प्याड बितरण नभएको स्वीकार गरेका छन् । खरिद गरिएको प्याड बितरणको तयारी भएको जानकारी गराउँदै शिक्षा शाखा प्रमुख यादवले हाल स्टोरमा रहेको बताए । उनले स्टोरको साँचो कर्मचारीसँग रहेकाले प्याड देखाउन नसिएको प्रतिक्रिया दिए ।
राजविराज नगरपालिकामा सेनेटरी प्याड खरिद प्रकरणमा १९ लाख बेरुजु
२०७८ कार्तिक २, मंगलवार १५:०८संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer